Khadichaur
Back
देशकै उत्कृष्ट बन्यो चौतारा अस्पताल
SERVICEचौतारा अस्पतालChautara Hospital SindhupalchokSindhupalchok hospital newsनेपाल उत्कृष्ट अस्पतालBagmati Province hospitalNepal health newsन्यूनतम सेवा मापदण्ड अस्पतालclinical audit Nepal hospitalbest hospital in Nepalचौतारा अस्पताल समाचारSindhupalchok newsNepal hospital rankinghealth ministry Nepalबागमती प्रदेश स्वास्थ्य निर्देशनालयNepal healthcare systemhospital evaluation NepalNepal medical newsChautara NepalSindhupalchowk health serviceNepal hospital A levelkhadichaur

देशकै उत्कृष्ट बन्यो चौतारा अस्पताल

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक सदरमुकाममा रहेको चौतारा अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयन तथा ‘क्लिनिकल अडिट’ मापनमा नेपालकै उत्कृष्ट बनेको छ । ५० शैया अन्तर्गतका अस्पतालमा गरिएको न्यूनतम सेवा मापदण्ड मापन ‘ए’ लेभलमा चौतारा अस्पतालले ९६ अंक प्राप्त गरी नेपालकै उकृष्ट हुन सफल भएको हो ।

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सदरमुकाममा अवस्थित चौतारा अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयन तथा ‘क्लिनिकल अडिट’ मूल्यांकनमा नेपालभरकै उत्कृष्ट अस्पताल बनेको छ । ५० शैया अन्तर्गतका अस्पतालहरूमा गरिएको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा ‘ए’ लेभल प्राप्त गर्दै चौतारा अस्पतालले ९६ अंक हासिल गरी देशकै उत्कृष्ट बन्न सफल भएको हो ।


बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले गरेको अनुगमनमा अस्पतालले प्रशासनिक व्यवस्थापनतर्फ ९७ प्रतिशत, क्लिनिकल सेवा प्रवाहतर्फ ९५ प्रतिशत तथा अस्पताल सपोर्ट सेवातर्फ ९७ प्रतिशत अंक प्राप्त गर्दै कुल १०० मध्ये ९६ प्रतिशत अंक ल्याएको हो । निर्देशनालयको टोलीले २०८२ साल चैत ८ र ९ गते अस्पतालमा न्यूनतम सेवा मापदण्ड सम्बन्धी अनुगमन गरेको थियो ।


अनुगमनपश्चात आयोजित समीक्षा कार्यक्रममा २६ वटा सूचकका आधारमा मूल्यांकन गरिएको अनुगमन टोलीका सदस्य तथा वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र लामाले जानकारी दिए । तामाङसहित पाँच सदस्यीय टोलीले गरेको अनुगमनमा अस्पतालले कुल १०० प्रतिशत मध्ये ९६ प्रतिशत अंक प्राप्त गर्दै ५० शैया समूहमा नेपालकै पहिलो स्थान हासिल गरेको घोषणा गरिएको थियो । ‘चौतारा अस्पतालको रेकर्ड व्यवस्थापन, नियमित मर्निङ कन्फरेन्स, डेटा प्रमाणीकरण लगायतका कार्यहरू देशभरकै उत्कृष्ट स्तरमा देखिएका छन्’, उनले भने, ‘यसले सेवा गुणस्तरमा निरन्तर सुधार भइरहेको संकेत गर्दछ ।’


कार्यक्रममा १०० अंक हासिल गर्न ४ अंक कमी हुनुका कारणहरूको समेत समीक्षा गर्दै आगामी वर्ष पूर्ण अंक प्राप्त गर्ने लक्ष्यका साथ काम गर्ने अस्पतालले जनाएको छ । ‘हामी अस्पतालको सेवा र गुणस्तरलाई अझै उकास्ने दिशामा लाग्नेछौं’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारीले भने, ‘सबै कर्मचारीको प्रतिबद्धता, मेहनत र समन्वयले नै यस्तो उपलब्धि सम्भव भएको हो । हाम्रो प्रमुख उद्देश्य सधैं बिरामीलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्नु हो ।’


अस्पतालले आगामी वर्ष शतप्रतिशत अंक प्राप्त गर्ने लक्ष्यसहित सुधारका योजनाहरू अगाडि बढाउने जनाएको छ । यसअघि पनि अस्पताल बागमती प्रदेशमा प्रथम तथा देशभर दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । समीक्षा कार्यक्रममा चौतारा अस्पताल सञ्चालन समितिका अध्यक्ष केशवराज गिरी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, प्रहरी प्रमुख काजीकुमार आचार्य, स्वास्थ्य निर्देशनालयका डा. माधव पौडेल तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


Credit: Annapurna Post

Reviews (0)

Sign in to leave a review

Comments (0)

to join the conversation