Khadichaur
Back to News
सिन्धुपाल्चोकजुगल गाउँपालिकाहिमाल आरोहणपर्यटन

जुगल–२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण

★ Featured
जुगल–२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण

चित्र: एआई-निर्मित (AI-generated illustration)

सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा स्पेनका तीन पर्वतारोहीले पहिलोपटक सफल आरोहण गरेका छन्।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले यो आरोहण गरेका हुन्।

जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली शिखरमा पुगेर आधारशिविर फर्किएको छ। उनले यस सफलतासँगै जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहणको सम्भावना बढेको र यसले नेपालको पर्वतीय पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बताए।

गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले चुनौतीपूर्ण मानिएको जुगल–२ को पहिलो आरोहण गर्न सफल स्पेनी टोलीलाई बधाई दिँदै यसले नेपालको हिमाली पर्यटन, विशेषगरी जुगल हिमशृङ्खलाको पहिचान अन्तरराष्ट्रियस्तरमा थप स्थापित गर्ने बताए।

जुगल गाउँपालिकाले हिमाल आरोहण, पदमार्ग प्रवर्द्धन र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको छ। यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ग्याल्चेन पिक र २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात सदस्यीय टोलीले जुगल–३ हिमालको आरोहण गरेका थिए, जबकि जुगल–१ हिमालको पहिलो सफल आरोहण २०८१ वैशाखमा विदेशी पर्वतारोहीले गरेका थिए।

स्रोत: Onlinekhabar

Comments (0)

to join the conversation