Khadichaur
Back to News
सिन्धुपाल्चोकनेपाली कांग्रेसराजनीति

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनबाट प्रकाश बस्नेत अध्यक्षमा निर्वाचित

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनबाट प्रकाश बस्नेत अध्यक्षमा निर्वाचित

नेपाली कांग्रेस सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनले प्रकाश बस्नेत (काजी) लाई क्षेत्रीय अध्यक्षमा चयन गरेको छ। अधिवेशनले प्रदेशसभा क्षेत्र 'क' र 'ख' को नेतृत्व समेत चयन गर्यो।

Photos (2)

नेपाली कांग्रेस सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनबाट प्रकाश बस्नेत (काजी) क्षेत्रीय अध्यक्षमा चयन भएका छन्। शुक्रबार सम्पन्न उक्त अधिवेशनले प्रदेशसभा निर्वाचन क्षेत्र 'क' र 'ख' को नेतृत्व समेत चयन गरेको छ, साथै विभिन्न समूहबाट ३५ जना महाधिवेशन प्रतिनिधि पनि छनोट गरिएको छ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षद्वारा आयोजित उक्त अधिवेशनबाट राजकुमार रायमाझी र अजय लामा सचिवमा तथा बलराम बानिया र मानबहादुर तामाङ सहसचिवमा चयन भएका छन्। प्रदेशसभा निर्वाचन क्षेत्र 'क' को नेतामा सूर्यप्रसाद कोइराला र 'ख' को नेतामा रामशरण गिरी चयन भएका छन्।

अधिवेशनले विकास तामाङ, राजु गोर्खाली, भरत खड्का, गणेश खड्का, तेज बानिया, कौशिला गिरी, परमात्मा नेपाल, फणीन्द्र दाहाल, अनुराधा गुरुङ, विश्वराम श्रेष्ठ, मदनराज गिरी, इन्दिरा खतिवडा, रामचन्द्र दुलाल, सुशान गिरी र शंकर कार्कीसहित ३५ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ। कांग्रेस नेता मोहन बस्नेतको उपस्थितिमा अधिवेशनको उद्घाटन भएको थियो।

स्रोत: Google News

Comments (0)

to join the conversation