Khadichaur
Back to News
सिन्धुपाल्चोककांग्रेसमहाधिवेशनराजनीति

सिन्धुपाल्चोकका डा. प्रेमध्वज लामा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार

सिन्धुपाल्चोकका डा. प्रेमध्वज लामा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार

सिन्धुपाल्चोकका डा. प्रेमध्वज लामाले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

Photos (2)

सिन्धुपाल्चोकका डा. प्रेमध्वज लामाले नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनमा आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

नेविसंघबाट २०४३ सालदेखि कांग्रेसको राजनीति सुरू गरेका लामा नेविसंघ सिन्धुपाल्चोक जिल्ला सभापति भई २०५१ सालमा कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए। उनी २०५९ सालयता महाधिवेशन प्रतिनिधि रहँदै आएका छन्। साथै २०७८ सालसम्म उनी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागमा प्राध्यापक पनि रहेका थिए।

कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि आज मतदान हुँदैछ।

स्रोत: Setopati

Comments (0)

to join the conversation