सिन्धुपाल्चोक–२ कांग्रेस क्षेत्रीय अधिवेशन धाँधलीको आरोपपछि स्थगित

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक–२ को क्षेत्रीय अधिवेशन मतदानमा धाँधली भएको आरोप लागेपछि स्थगित भएको छ।
Photos
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक–२ को क्षेत्रीय अधिवेशन विवादका कारण स्थगित भएको छ। नेता वंशलाल तामाङको पक्षले मतदानमा धाँधली भएको भन्दै विवाद खडा गरेपछि अधिवेशन स्थगित गरिएको हो।
सिन्धुपाल्चोक–२ मा क्षेत्रीय सभापतिका लागि कृष्णकुमार तामाङ र पासाङ दोङ प्यानल बनाई प्रतिस्पर्धामा उत्रिएका थिए। पासाङको पक्षमा रहेका वंशलालले मतदानका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र प्रयोग भएको भन्दै आपत्ति जनाएका थिए। उनले मतपेटिकामा खुट्टा प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा उनले हस्ताक्षर नभएको मतपत्र प्रयोग भएको भन्दै आवाज उठाएको सुनिन्छ।
अधिवेशन स्थलमा रहेका एक महाधिवेशन प्रतिनिधिका आकांक्षीले मतदानका क्रममा फर्जी मतपत्र प्रयोग भएको भन्दै विवाद भएपछि अधिवेशन स्थगित भएको जानकारी दिएका छन्।
स्रोत: Onlinekhabar