सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट आदरणीय ब्यक्तित्व श्री भरत प्रसाद पराजुली प्रतिनिधि सभामा निर्वाचित — बधाई तथा शुभकामना

सिन्धुपाल्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा श्री भरत प्रसाद पराजुली प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। जनताको विश्वास, समर्थन र अपेक्षाका साथ उहाँ निर्वाचित हुनु सम्पूर्ण सिन्धुपाल्चोकवासीका लागि गौरवको विषय बनेको छ। उहाँको यस विजयले क्षेत्रको विकास, जनताको आवाजलाई संसदमा मजबुत रूपमा प्रस्तुत गर्ने तथा सिन्धुपाल्चोक जिल्लाको समग्र समृद्धिका लागि नयाँ आशा र उत्साह थपिएको छ। जनताबाट प्राप्त यस महत्वपूर्ण जिम्मेवारीलाई उहाँले इमानदारी, प्रतिबद्धता र पारदर्शिताका साथ सफलतापूर्वक निर्वाह गर्नुहुने विश्वास व्यक्त गर्दछौं। यस ऐतिहासिक अवसरमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकहरूलाई समेत हार्दिक बधाई ज्ञापन गर्दछौं। नवनिर्वाचित प्रतिनिधि सभा सदस्य श्री भरत प्रसाद पराजुलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उहाँको कार्यकालले क्षेत्र, जिल्ला तथा राष्ट्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं।
Comments (1)
Congratulations