
चित्र: एआई-निर्मित (AI-generated illustration)
पाँचपोखरी थाङ्पालमा तामयीग भाषा शिक्षासम्बन्धी प्रादेशिक सम्मेलन सुरु
काठमाडौँ विश्वविद्यालय र नेपाल तामाङ घेदुङको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा तामयीग भाषा शिक्षासम्बन्धी प्रादेशिक सम्मेलन–२०८३ सुरु भएको छ। सम्मेलनमा तामयीग भाषा, शिक्षा र पहिचानको संरक्षण तथा प्रवर्द्धनका विषयमा छलफल भइरहेको छ।
पहिलो दिन मातृभाषाको शैक्षिक विकास, पुस्तान्तरण, संस्थागत विस्तार र सूचना प्रविधिको प्रयोगमा जोड दिइएको छ। बागमती प्रदेशका बिना विभागीय मन्त्री ज्ञानबहादुर तामाङले प्रदेश सरकारले तामयीग भाषाको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल तामाङ घेदुङका सहअध्यक्ष सरोजमोहन मोक्तानले मातृभाषाको संरक्षण, विकास र शैक्षिक विस्तारका लागि सम्मेलन महत्त्वपूर्ण रहेको बताए भने भाषा समन्वय प्रमुख बिलाम मुक्तानका अनुसार सम्मेलनमा तामयीग भाषा शिक्षा, अध्ययन–अध्यापन, भाषिक अनुसन्धान, संरक्षण र प्रवर्द्धनका विषयमा छलफल हुनेछ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले गाउँपालिकाभित्र रहेका १७ वटा गुम्बासहित स्थानीय तहले तामाङ भाषा, संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। काठमाडौँ विश्वविद्यालयका डा. टीकाराम पौडेलले मातृभाषा ओझेलमा पर्न नदिन आफ्नै भाषाको अध्ययन, अनुसन्धान र प्रवर्द्धन आवश्यक रहेको बताए। सोमबारदेखि सुरु भएको यो सम्मेलन असोज २८ गतेसम्म सञ्चालन हुनेछ।
स्रोत: Onlinekhabar
Reviews (0)
Sign in to leave a review